Showing posts with label Juventus. Show all posts
Showing posts with label Juventus. Show all posts

Sunday, September 29, 2019

रियल म्याड्रिडमा रोनाल्डो अभाव, युभेन्टसमा रोनाल्डो प्रभाव

सुजन चालिसे, काठमाडौँ, 
असोज २१ । रियल म्याड्रिड यो सिजन ला लिगा तथा च्याम्पियन्स लिग दुबैमा खराब अवस्थाबात गुज्रीरहेको छ । गएको ३ ला लिगा तथा १ च्याम्पियन्स लिगको खेलमा उसले जित निकाल्न सकेको छैन । जित भन्दापनि रियल लगातार ४ खेलमा गोलबिहिन बनेको छ । रियल गएराति स्पेनिस ला लिगा अन्तर्गतको आठौँ खेलमा आलभेससँग अन्तिम मिनेटमा १ गोल खाँदै पराजित भएको थियो । 

सन् २००९ मा क्रिश्टियानो रोनाल्डोको आगमन पश्चात अहिलेसम्म यो अवस्थामा नपुगेको रियल उनको बाहिर्गमन पश्चात पहिलो पटक यस्तो कमजोर अवस्था देखिएको हो । हाल रियल म्याड्रिडका सम्पुर्ण सदस्य तथा समर्थकहरुले रोनाल्डोको अभाव मज्जैसित खड्किएको अनुभव गरिरहेका छन् । सिजन सुरुवातका केहि खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै रोनाल्डोको कमी महसुस हुन नदिने सङ्केत दिएका करीम बेन्जेमा र ग्यारेथ बेलले आफ्नो लयलाई निरन्तरता दिन नसक्दा रियल यस्तो हालतमा पुगेको हो । 

यता रोनाल्डोको नयाँ क्लब युभेन्टसले भने सुरुवातबाटनै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । सिजनको १० खेलमा युभेन्टसले लगातार जित निकालेको छ । यस्तो रेकर्ड युभेन्टसको इतिहासमै पहिलो पटक भएको छ । रोनाल्डोको आगमनपश्चात क्लबका धेरै खेलाडी तथा प्रशिक्षक समेत खेलमा सजिलै जित हात पार्ने सम्भावना उच्च हुने बताउँदै आएका छन् । युभेन्टससँगको आफ्नो ९ खेलमा रोनाल्डोले ४ गोल गर्दै ५ गोलको लागि पास समेत निकालेका छन् । इटालियन क्लब युभेन्टसले हाल रोनाल्डोको प्रभाव महसुस गरिरहेको छ ।